नियम
नाबालकको लागि साधारण राहदानी लिन निवेदन दिने
सोह वर्ष उमेर नपुगेका नाबालकको हकमा साधारण राहदानी लिन चाहेमा निजको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिले देहाय बमोजिमको कागजात संलग्न गरी अनुसूची- १ बमोजिमको निकायमा अनुसूची-२ बमोजिमको: दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछः- (क) निवेदकको नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि, (ख) नाबालक परिचयपत्रको सक्कल र सोको प्रतिलिपि, (ग) संरक्षक वा माथवर खुल्ने प्रमाण, (घ) नाबालकको अनुसूची-३ बमोजिमको फोटो चार प्रति, (ङ) अनुसूची-४ बमोजिमको दस्तुर बुझाएको बैङ्क भौचर वा नगद बुझाएको प्रमाण ।